दाङमा साथीले बोकेको बन्दुक पड्किँदा एक जनाको मृत्यु

दाङमा सिकार खेल्न गएका एक युवाको बन्दुकको गोली लागेर निधन भएको छ । साथीले बोकेको बन्दुक पड्किँदा उनको मृत्यु भएको हो ।

बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सिमानामा पर्ने जंगलमा साथीले बोकेको बन्दुक पड्किँदा लमही १ का भागबहादुर पुनको मृत्यु भएको हो ।

उनी शुक्रबार दिउँसो साथीहरुसँग सिकार खेल्न गएका थिए । 

पुनको घाटीमा गोली लागेको थियो ।

उनको शव लमही अस्पतालमा राखिएको छ । मृतक पुनसँग सिकार खेल्न गएका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : जेठ १४, २०७९ शनिबार १३:०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया