logo-img

बजेटमा नागरिकको विकास र समृद्धिको चाहना सम्बोधन गरिएको छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले नेपाली जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन हुने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको बताएका छन् । 

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले सो कुरा बताएका हुन् । 

त्यस अवसरमा उनले आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बञ्चितीकरणबाट समावेशिता तर्फको प्रस्थान बजेटको रुपमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट रहेको पनि बताए । 

अर्थमन्त्री शर्माले भने, ‘प्रस्तुत बजेटलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र वञ्चितीकरणबाट समावेशीको तर्फको प्रस्थान बजेटको रुपमा प्रस्तुत गरेको छु । सबै नागरिकको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्ने कुरालाई बजेटमा केन्द्रित गरेको छु ।’

अर्थमन्त्री शर्माले अहिले बजेट प्रस्तुत गरिरहेका छन् । 





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १६:४७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया