पूर्वअर्थमन्त्री पाण्डेकाे प्रश्न : कर्मचारीकै पेन्सन कार्यान्वयनमा समस्या छ किसानलाई कसरी दिने ?

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले बजेटमा सबै सुझाब सबै समेटेको, तर चुनावी सरकार रहेको महसुस नगरेको बताएका छन्। आर्थिक वर्ष २०७९/०८०काे बजेटमाथि टिप्पणी गर्दै उनले भोट बढाउने कुरामा केन्द्रित रहेको बताए । 

उनले भने, 'चुनावपछि नयाँ बन्ने सरकारले कार्यान्वयन गर्नुपर्ने हेक्का राखेको छैन। कसरी भोट बढ्छ भन्ने मनशायबाट ल्याइएको छ।’

उनले कृषिमा पेन्सन दिने कुरा हचुवाका भरमा ल्याइएकाे बताए । उनले भने, 'अहिले भएका ८ लाख कर्मचारीकै पेन्सन कार्यान्वयनमा समस्या भएर हटाउने बहस छ। देशमा ६१ प्रतिशत किसान छन्। साढे ३७ लाख परिवारलाई १० प्रतिशतका दरले सरकारले दिँदा व्ययभार कति हुन्छ?’

नीति तथा कार्यक्रम र बजेटबीच कुनै सन्तुलन नभएको उनको भनाइ छ। उनले व्यापार घाटा घटाउने नीति तथा कार्यक्रम भए पनि बजेटले त्यसलाई कसरी घटाउने भनेर उल्लेख नगरेको बताए। 

उनले विद्युतीय चुल्होलाई प्रोत्साहन गर्ने र विद्युत खपत बढाउने नीति तथा कार्यक्रमको भने प्रशंसा गरेका छन्। 





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार २०:१५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया