फ्रेन्च ओपन टेनिसको क्वार्टरफाइनलमा नाडाल र जाेकाेभिच भिड्ने

स्पेनिस राफेल नाडाल र सर्वियन नाेभाक जाेकाेभिच आ-आफ्नो खेलमा जित हात पार्दै फ्रेन्च ओपन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । पेरिसमा आइतबार राति क्यानडाका फेलिक्स अगरलाई ३-२ को सेटमा हराउँदै पाँचौं वरीयताका नाडालले क्वाटरफाइनलकाे यात्रा तय गरेका हुन् ।

कीर्तिमानी २१ ग्रान्डस्लाम विजेता नाडालले निकै प्रतिस्पर्धात्मक बनेकाे खेल ३-६,६-३,६-२,३-६ र ६-३ ले आफ्नो पक्षमा पारे । त्यस्तै, जोकोभिचले अर्जेन्टिनाका डिएगो स्वार्टम्यानलाई ३-० काे साेझाे सेटमा पराजित गरे ।

विश्व नम्बर एक जाेकाेभिचले खेल ६-१,६-३ र ६-३ ले आफ्नो पक्षमा पारेका हुन् । अब क्वार्टरफाइनलमा नाडाल र  जोकोभिक नै आमने- सामने हुनेछन् ।





  • प्रकाशित मिति : जेठ १६, २०७९ साेमबार ८:२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया