राष्ट्रपति भण्डारीले गरिन् काँक्रेविहारको अवलोकन

अनौपचारिक भ्रमणको सिलसिलामा मंगलबार सुर्खेत आइपुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीले सुर्खेतको प्रमुख पर्यटकीयस्थल काँक्रेविहार क्षेत्रको अवलोकन गरेकी छन् ।

अवलोकनका क्रममा राष्ट्रपति भण्डारीले काँक्रेविहार क्षेत्रको ऐतिहासिकता, निर्माण प्रक्रिया, व्यवस्थापनलगायतका विविध विषयमा जिज्ञासा राखेकी थिइन् ।

काँक्रेविहार क्षेत्रको अवलोकन भ्रमण गर्दै राष्ट्रपति भण्डारीले कर्णालीमा पर्यटनको अथाह सम्भावना रहेको र काँक्रेविहारलगायतका ऐतिहासिक सम्पदाको संरक्षणसँगै प्रवर्द्धन गर्न जरुरी रहेको बताइन् ।

कर्णाली प्रदेशसभाका सदस्य यामलाल कँडेललगायतसहित वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले राष्ट्रपति भण्डारीलाई काँक्रेविहारमा स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारी मंगलबार सुर्खेतस्थित नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वाटर निमारेमा बस्नेछन् । बुधबार बिहान सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल बडिमालिका जाने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस–सचिव सोम राईले जानकारी दिए ।





  • प्रकाशित मिति : जेठ १७, २०७९ मंगलबार १९:५१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया