अब हेलिकोप्टरमा पनि दुईजना पाइलट अनिवार्य

नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टरमा समेत अब दुईजना पाइलट रहनुपर्ने निर्णय गरेको छ । यस्तो नियम १७ असार (१ जुलाई)देखि लागू हुनेछ । 

नेपालको भौगौलिक अवस्थितिले साना जहाज र हेलिकोप्टरहरुको दुर्घटना दर उच्च छ  । अहिले हेलिकोप्टरमा एकजना पाइलट रहेर उनले यात्रु बोक्ने गरी सञ्चालन भइरहेको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार अब साना हेलिकोप्टर सबैमा दुई पाइलट नराखी  उडाउन पाइने छैन ।  

अब भने साना हेलिकोप्टरमा समेत दुईजना पाइलट अनिवार्य राख्नुपर्ने निर्णय भएको कर्णले जानकारी दिए । हवाई सुरक्षा अभिवृद्धि गर्न यस्तो निर्णय गरिएको उनको भनाइ छ । 

नेपालमा अहिले हवाईजहाज र एमआई१७ मोडलका ठूला हेलिकोप्टरमा मात्र दुई पाइलट अनिवार्य गरिएको थियो । 





  • प्रकाशित मिति : जेठ १७, २०७९ मंगलबार २१:५८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया