logo-img

जाेकाेभिचलाई हराउँदै नाडाल फ्रेन्च ओपनको सेमिफाइनलमा

साविकका विजेता नोभाक जोकोभिचलाई ३-१ को सेटमा पराजित गर्दै स्पेनिस खेलाडी राफेल नाडाल फ्रेन्च ओपनको सेमिफाइनल प्रवेश गरेका छन् ।

पाँचौं वरियताका नाडालले विश्व नम्बर एक सर्वियन खेलाडी जाेकाेभिचलाई ६-२, ४-६, ६-२, ७-६ (७-४) ले पराजित गर्दै १५ औं पटक फ्रेन्च ओपनको सेमिफाइनल प्रवेश गरेका हुन् । 

कीर्तिमानी २१ औं पटकका ग्रान्ड स्लाम विजेता नाडालले सेमिफाइनलमा शुक्रबार तेस्रो वरियताका एलेक्जेन्डर जेभरेभको सामना गर्नेछन् । 

जर्मन खेलाडी एलेक्जेन्डरले मंगलबार स्पेनका कार्लोस अल्काराजलाई ६-४,६-४,४-६ र ७-६ (९-७) हराएका थिए ।





  • प्रकाशित मिति : जेठ १८, २०७९ बुधबार ९:३६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया