logo-img

रुडलाई हराउँदै नाडालले जिते १४ औंपटक फ्रेन्च ओपनको उपाधि

स्पेनिस स्टार खेलाडी राफेल नाडालले फ्रेन्च ओपन टेनिस प्रतियाेगिताअन्तर्गत पुरुष एकलतर्फकाे उपाधि जितेका छन् । पेरिसमा गएराति सम्पन्न फाइनलमा नर्वेका कास्पर रुडलाई ३-० काे साेझाे सेटमा हराउँदै नाडालले उपाधि जितेका हुन् ।

नाडालले आठौं वरियताका रुडलाई ६-३,६-३ र ६-० ले पराजित गरे । पाँचौँ वरियताका नाडालकाे याे कीर्तिमानी १४ औं फ्रेन्च ओपन तथा २२ औं ग्राण्डस्लाम उपाधि हाे ।

त्यस्तै, महिला एकलतर्फकाे उपाधि विश्व नम्बर एक इगा स्विटेकले हात पारेकी छन् । पाेल्याण्डकी इगाले शनिबार भएको फाइनलमा अमेरिकी खेलाडी कोको गाउफलाई हराउँदै दोस्रोपटक फ्रेन्च ओपनकाे उपाधि जितेकी हुन् ।  





  • प्रकाशित मिति : जेठ २३, २०७९ साेमबार ६:३८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया