अग्रता जोगाउन नसक्दा क्राेएसियासँग बराबरीमा रोकियो फ्रान्स

युइएफए नेसन्स लिग अन्तर्गत गएरातिकाे खेलमा फ्रान्स बराबरीमा राेकिएकाे छ । लिग `ए´ अन्तर्गत समूह १ को खेलमा फ्रान्स सुरुवाती अग्रता जोगाउन नसक्दा घरेलु टाेली क्राेएसियासँग १-१ को बराबरीमा राेकिएको हाे ।

पाेलजुड स्टेडियममा खेलकाे ५२ औं मिनेटमा एड्रियन राबिओटले विसाम विन यडरको पासमा गोल गरेपछि पाहुना टाेलीले सुरुवाती अग्रता लिएकाे थियाे ।

८३ औं मिनेटमा एन्डरेज क्रामारिकले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए ।  जोनाथन क्लाउअसले क्रामारिकमाथि फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिँदै क्रोएसियालाई पेनाल्टीकाे अवसर प्रदान गरेका थिए ।

याे नतिजासँगै दुवै टाेलीले दुई खेलबाट समान एक अंक जोडेका छन् । यही समूहको अर्को खेलमा डेनमार्कले अस्ट्रियामाथि २–१ को रोमाञ्चक जित दर्ता गरेको छ ।





  • प्रकाशित मिति : जेठ २४, २०७९ मंगलबार ७:१५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया