अब फोहोर उठ्नेछ, अहिलेसम्म पाउनुभएको दु:खका लागि क्षमाप्रार्थी छौँ : बालेन्द्र शाह

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले अब महानगरको फोहोर छिट्टै व्यवस्थापन हुने बताएका छन् । आज बिहान सामाजिक सञ्जालमार्फत उनले अहिलेसम्म फोहोर थुप्रिएकोप्रति क्षमा माग्दै उनले अब थुप्रिन नदिने बताएका हुन् । 

‘अब फोहोर उठ्नेछ । यो सबैको लागि निःसन्देह खुसीको खबर हो । अहिलेसम्म फोहोर थुप्रिएर पाउनु भएको दुःखका लागि क्षमाप्रार्थी छौँ । साथसाथै, कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दुख दिँदा र अफ्ठ्यारोमा पारिरहँदा पनि धैर्य भएर सहिदिनु भएकोमा हृदयदेखि नै धन्यवाद छ,’ बालेनले लेखेका छन् ।   

उनले हाल महानगरभित्र थुप्रिएको फोहोर छिट्टै व्यवस्थापन गरिसक्ने प्रतिबद्धता पनि जनाएका छन् । त्यसका लागि मेयर शाहले महानगरवासीसँग सहयोग पनि माग गरेका छन् ।

‘समाधान तपाईँहरूको साथबिना सम्भव हुँदैन । यसैले हामी आग्रह गर्छौँ कि अब तपाईको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहोरहरू छुट्टिएर निस्किऊन्,’ मेयर शाहले भनेका छन्, ‘कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ ।’  





  • प्रकाशित मिति : जेठ २४, २०७९ मंगलबार ११:०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया