जिसस कालिकोट प्रमुखमा मओवादीका शाही निर्वाचित

जिल्ला समन्वय समिति कालीकोटका प्रमुखमा धनजित शाही विजयी भएका छन् । माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहेका शाही आज भएको निर्वाचनमा विजयी भएका हुन् । 

उपप्रमुखमा माओवादी केन्द्रकै मिना रावत (विश्वकर्मा) विजयी भएकी छन् । 

जिल्ला समन्वय समितिको निर्वाचनका लागि कालीकोटमा माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादीले गठबन्धन गरेका थिए । 

जिल्ला समन्वय समितिमा १८ मत रहेको कालीकोटमा गठबन्धनका उम्मेदवारले १५ मत पाएको र एमालेका उम्मेदवारले २ मत पाएको १ जना मतदाता निर्वाचन प्रक्रियामा सहभागी नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

त्यस्तै, सदस्यमा माओवादी केन्द्रका ४ जना, नेपाली कांग्रेसका २ जना र १ जना एकीकृत समाजवादीका विजयी भएका छन् ।  





  • प्रकाशित मिति : जेठ २४, २०७९ मंगलबार १८:५९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया