मकवानपुर गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश

हेटौंडामा जारी सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लब  सेमिफाइनलमा प्रवेश गरेको छ ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा मनाङ मर्स्याङ्दीलाई १–० गोलअन्तरले पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिसको जितमा एक मात्र निर्णायक गोल भरत शाहले गरेको थिए । उनले खेलको ३४औँ मिनेटमा गोल गरेका थिए ।

मनाङ मर्स्याङ्दीले खेलको ४१औं मिनेटमा प्राप्त पेनाल्टी गोल गर्न सकेन । पुलिसका गोलरक्षक शत्रुधन चौधरीले मनाङका कप्तान अञ्जन विष्टले गरेको प्रहार बचाएका थिए । 

अब पुलिसले फाइनल प्रवेशका लागि विजय युथ क्लब हेटौंडा र नवजनजागृति युवा क्बल सिमराबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।





  • प्रकाशित मिति : जेठ २४, २०७९ मंगलबार २१:३७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया