नेसन्स लिगमा हंगेरीमाथि इटालीको रोमाञ्चक जित

यूइएफए नेसन्स लिगअन्तर्गत गएरातिको खेलमा घरेलु टोली इटाली विजयी भएको छ । ऊ लिग ‘ए’ अन्तर्गत समूह तीनको खेलमा हंगेरीमाथि २–१ गोल अन्तरले विजयी भएको हो । 

ओरोगेल स्टेडियम डिनो मानुजीमा भएको खेलको ३० औं मिनेटमा निकोलो बरेलाको गोलबाट इटालीले सुरुवाती अग्रता लिएको थियो । ४५ औं मिनेटमा लोरेन्जो पेलिग्रेनीले  घरेलु टोलीको अग्रता दोब्बर पारे । 

६१ औं मिनेटमा जियानलुका मान्सिनीले आत्मघाती गोल गरेपछि खेल २–१ को अवस्थामा आयो । त्यसपछि थप गोल निस्कन नसक्दा इटालीले २–१ को रोमाञ्चक जित निकालेको हो ।

जितसँगै दुई खेलमा चार अंक जोडेको इटाली शीर्ष स्थानमा उक्लदाँ पराजित हंगेरी पनि समान खेलबाट चार अंकमा साथ दोस्रो स्थानमा छ । यही समूहको अर्को खेलमा जर्मनी र इंग्ल्याण्डले १–१ को बराबरी खेलेका छन् । 

लिगअन्तर्गतकै अन्य खेलमा फिनल्याण्ड, बोस्निया एण्ड हर्जगोभिना, टर्की र लक्जेम्बर्गले पनि जित हात पारेका छन् । 





  • प्रकाशित मिति : जेठ २५, २०७९ बुधबार ७:३३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया