वीरेन्द्रनगरले नगर शैक्षिक कोष स्थापना गर्ने

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले  ‘नगर शैक्षिक कोष’ को स्थापना गर्ने भएको छ । यही जेठ २३ गते बसेको कार्यपालिकाको पहिलो बैठकले नगर शैक्षिक कोषको स्थापना सँगै अन्य विभिन्न १७ वटा निर्णय गरेको हो । 

‘म बनाउँछु मेरो नगरलाई शैक्षिक हब’ भन्ने अभियानका साथ शैक्षिक कोषमा नगरका नागरिकहरूले लगानी गर्न सक्ने गरी नगर शैक्षिक कोष स्थापना गर्ने निर्णय गरिएको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । 

त्यस्तै निःशुल्क स्वास्थ्य बीमा, फोहोर मैला व्यवस्थापन, ढल तथा नालाहरूको शीघ्र मर्मत, जीर्ण र खाल्टा परेका सडकहरूको मर्मत, गौशाला निर्माणलाई तीव्रता दिने निर्णयसमेत गरिएको छ ।

सार्वजनिक जग्गाहरूको लागत लिई सो को उचित संरक्षण र सार्वजनिकरण गर्ने, प्रशासनिक भवन निर्माण स्थलको जग्गा व्यवस्थापन, हावाहुरीले क्षति पुर्‍याएका विद्यालयका छाना शीघ्र मर्मत गर्ने, अत्यावश्यक समितिलाई पूर्णता दिने, भूमि सम्बन्धी समस्या समाधान लगायतका विषयमा समेत महत्त्वपूर्ण निर्णय गरिएको छ । 

बजेट तथा योजना वितरण र सडकको अधिकार क्षेत्रका सम्बन्धमा कार्यपालिकाको पहिलो बैठकले निर्णय गरेको नगर प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् । कार्यपालिकाको बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख ढकालले नगरको ठूलो समस्याको रूपमा रहेको छाडा चौपायालाई व्यवस्थापन गर्नका लागि गौशाला निर्माणको कामलाई तीव्रता दिइने बताइन् । 





  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार ७:५१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया