निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, के कति पुग्यो ?

नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य बढाएको छ। आज राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल प्रतिलिटर ८ रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १२ रुपैयाँ बढाएको हो । 

निगमले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै पेट्रोल १७८ रुपैयाँ, डिजेल र मट्टीतेल १६५ रुपैयाँ लिटर पर्नेछ ।

यसअघि जेठ १९ गते मात्र आयल निगमले यी तीनै पदार्थमा १० रुपैयाँ प्रतिलिटर भाउ घटाएको थियो । 

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको र निगमको घाटा बढ्दै गएकाले मूल्य वृद्धि गर्नुपरेको निगमले जनाएको छ । 

एलपी ग्यासको भने मूल्य यथावत् रहेको आयोगले जनाएको छ । 





  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार २१:४९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया