मध्यरातमा भयो काठमाडौंको फोहोर उठ्ने १८ बुँदे सहमति, शुक्रबारबाटै फोहोर उठ्ने

काठमाडौं उपत्यकामा भएको फोहोर उठाउने सहमति भएको छ । 

शुक्रबार मध्यरातमा भएको १८ बुँदे सहमतिपछि अब काठमाडौंको फोहोर शुक्रबार विहानबाट उठाउने र बन्चरेडाँडामा विसर्जन गर्ने भइएको छ ।

सिसडोल बन्चरेडाँडा कुँडुँले ल्याण्डफिल साइटमा फोहोरमैला व्यवस्थापन सहजताका लागि भएको सहमतिमा काठमाडौं महानगरपालिकाले एक महिनाभित्र फोहोरको दुर्गन्ध नआउने गरि व्यवस्थापन गर्ने सहमति भएको छ ।

त्यस्तै, अब फोहोर व्यवस्थापन दीर्घकालीन रुपमा रातीको समयमा गर्ने भइएको छ ।

एक महिनाभित्र नै फोहोरबाट लिच्चड नचुहिने व्यवस्था गर्ने पनि काठमाडौं महानगरपालिकाले सहमति जनाएको छ ।

प्रभावित क्षेत्रको शिक्षाको गुणस्तर वृद्धिका लागि महानगरपालिकाले सहयोग गर्ने, त्यो क्षेत्रमा हरियाली क्षेत्रका रुपमा विकास गर्ने, कृषि प्रवद्र्धनका कार्यक्रमहरु सन्चालन गर्न सहयोग गर्ने, काठमाडौं महानगरपालिकाले त्यो क्षेत्रको विकास निर्माणका लागि वार्षिक बजेट विनियोजन गर्ने पनि सहमति भएको छ ।



सहमति पत्रमा काठमाडौं महानगरका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी १ का वडाध्यक्ष पदमबहादुर श्रेष्ठ वलामी, वडा २ का अध्यष तिलक बहादुर लामा, धुनिवेशी नगरपालिका १ का अध्यक्ष श्रीमान बहादुर तामाङ र धुनिवेशी २ का अध्यक्ष प्रकाश हमालले हस्ताक्षर गरेका छन् ।

सहमति भएअनुसार २७ गतेबाट नै उपत्यकाको फोहोर विसर्जनको अवरोध हटाएर सुचारु गरिने भएको छ । 



हेर्नुहोस्, सहमतिपत्रः

  • प्रकाशित मिति : जेठ २७, २०७९ शुक्रबार २:१४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया