धनगढीमा भाटभटेनीको २३ औं शाखा

सुदूरपश्चिम प्रदेशको धनगढीमा भाटभटेनीको २३ औँ शाखा सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका–३, बोराडाँडीमा शुक्रबारदेखि भाटभटेनीको सेवा सुरु गरेको हो । 

देशकै सबैभन्दा ठूलो चेन सुपमार्केटको यो २३ औँ स्टोर हो । स्टोरको एक समारोहकाबीच शुक्रवार भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङ, उनकी पत्नी सावित्री गुरुङले उद्घाटन गरे । 

१७ कट्ठा जग्गामा डेढ लाख स्क्वायर फिटको भवन रहेको स्टोरमा खाद्यान्न, लत्ता कपडा, विद्युतीय, कस्मेटिक, फर्निचर, खेलौनालगायत सम्पूर्ण सामानहरू उपलब्ध छन् । त्यसैगरी स्टोरमा रेष्टुरेण्ट, वाटर फाउण्टेन रहेका छन् । निकट भविष्यमै हाइटेक सिनेमा (मल्टिप्लेक्स) पनि सुचारु हुनेछ । प्रबन्ध निर्देशक गुरुङले धनगढीमा भाटभटेनी सञ्चालन आइसकेपछि यहाँको उत्पादन पूर्वी जिल्ला पुर्‍याउन सहज हुने विश्वास व्यक्त गरे ।   

गुरुङले सुदूरपश्चिममा अन्तर्राष्ट्रिय स्तरको सपिङ सुविधा प्रदान गर्ने उद्देश्यले सेवा सुरु गरेको बताए । उनले स्टोर २ अर्ब १५ करोडको लागतमा सञ्चालनमा आएको बताए । धनगढीको भाटभटेनीमा प्रत्यक्षरूपमा २ सय २५ जनाले रोजगारी पाएको पनि उनले बताए । 





  • प्रकाशित मिति : जेठ २७, २०७९ शुक्रबार १३:४१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया