पाकिस्तानलाई वेस्ट इण्डिजविरूद्धको एकदिवसीय सिरिज

वेस्ट इण्डिजविरूद्धको एकदिवसीय सिरिज घरेलु टोली पाकिस्तानले हात पारेको छ । गररातिको दोस्रो खेलमा १२० रनको फराकिलो जित हात पार्दै पाकिस्तानले एक खेल अगावै सिरिजमाथि कब्जा जमाएको हो ।

यो जितसँगै पाकिस्तानले तीन खेलको सिरिजमा २-० को अग्रता लिएको छ । २७५ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले ३२.२ ओभरमा सबै विकेट गुमाउँदै १५५ रन मात्र बनाउन सक्यो ।

वेस्ट इण्डिजका लागि शम्राह ब्रुक्सले सर्वाधिक ४२, काइल मायर्सले ३३ र कप्तान निकोलस पुरनले २५ रन जोडे । पाकिस्तानका मोहम्मद नवाजले चार, मोहम्मद वसिमले तीन, शदाब खानले दुई तथा शहिन शाह अफ्रिदीले एक विकेट हात पारे ।

यसअघि मुल्तान क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २७५ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजम र इमाम उल हकले अर्धशतकीय पारी खेले । ९३ बलको सामना गरेका आजमले पाँच  चौका र १ छक्कासहित ७७ रन बनाए ।

७२ रन जोडेका उल हकले ७२ बलमा छ चौका प्रहार गरे । शदाब खान र खुशदील शाहले २२/२२ रनको योगदान दिए । वेस्ट इण्डिजका लागि अकिल हुसेनले तीन तथा एन्डरसन फिलिप्स र अल्जारी जोसेफले दुई / दुई  विकेट हात पारे । पहिलो खेलमा पाकिस्तान पाँच विकेटले विजयी भएको थियो। तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।





  • प्रकाशित मिति : जेठ २८, २०७९ शनिबार ९:५७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया