logo-img

विद्युत् तारमा झुन्डिए एक पुरुष, तल झर्न प्रहरी फकाउँदै

नुवाकोटको ककनी, बुधेनीमा एक जना पुरुष विद्युतको तारमा झुन्डिएका छन्। शनिबार विहानदेखि एक जना पुरुष विद्युतको पोलमा चढेर तारमा झुन्डिएपछि विद्युत् प्रसारण नै बन्द गरिएको छ । 

बिजुलीको प्रसारण लाइनको पोलबाट तारमा मानिस चढेपछि माथिल्लो त्रिशुली थ्री ए को उत्पादन नै बन्द गरिएको हो । नुवाकोटको ककनी गाउँपालिका–७ बुधेनीमा मानसिक सन्तुलन गुमाएका बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक तारमा झुन्डिएका हुन् । 

विक तारमा एक पोलबाट अर्को पोल तर्फ गइरहेका छन् । उनलाई तल झर्न प्रहरी र स्थानीय फकाउँदै छन् ।





  • प्रकाशित मिति : जेठ २८, २०७९ शनिबार १५:१६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया