मुस्लिमलाई निशाना बनाउँदै भारतीय सुरक्षा फौज

भारतमा पैगम्बर मोहम्मदको बारेमा अपमानजनक टिप्पणीको कारण उत्पन्न दंगामा संलग्न रहेको आरोप लगाउँदै  सुरक्षाकर्मीले केही मुस्लिम व्यक्तित्वहरुको घर ध्वस्त पारेको छ । सत्तारुढ भाजपाका दुई प्रमुख सदस्यहरूले इस्लाम विरोधी टिप्पणी गरेपछि मुस्लिमहरुले विरोध प्रदर्शन गरिरहेका छन् ।  आन्दोलनमा संलग्न तीन सयभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ । 

भाजपा प्रवक्ता नुपुर शर्माले एक टिभी बहसको क्रममा मोहम्मदका बारेमा अपमानजनक टिप्पणी गरेकी थिइन् । उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले गत हप्ता त्यहाँ दंगामा संलग्न भएका आरोपितको कुनै पनि अवैध प्रतिष्ठान र घरहरू भत्काउने आदेश दिएका थिए ।  उत्तर प्रदेशका घर मालिकहरुलाई पहिले नै आफ्नो घर खाली गर्न भनिएको थियो ।

हिन्दुस्तान टाइम्सका अनुसार प्रहरीले स्थानीय राजनीतिज्ञ जावेद अहमदको पनि घर भत्काएको छ । उनकी छोरी अफरीन फातिमा एक प्रख्यात मुस्लिम अधिकारकर्मी हुन् ।





  • प्रकाशित मिति : जेठ ३०, २०७९ साेमबार ८:१३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया