काठमाडौंको धापासीमा कारको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु

काठमाडौंको टोखा नगरपालिका–६ धापासी डाँफे कोलनीनजिकै कारको ठक्करबाट स्कुटरमा सवार पाँच वर्षीय बालकको ज्यान गएको छ । 

मृत्यु हुनेमा स्थानीय प्रियान्स उप्रेती रहेका छन् । कारको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।

मंगलबार दिउँसो ३ बजे प्रदेश १ ०२१ च २९५६ नम्बरको कारले प्रदेश २०३५ प ०५२० नम्बरको स्कुटरलाई ठक्कर दिँदा पछाडि सवार बालक गम्भीर घाइते भएका थिए । 

कारसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । 





  • प्रकाशित मिति : असार १, २०७९ बुधबार ११:२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया