अध्ययन भन्छ - मुम्बई समुद्रमा डुब्दैछ

वैज्ञानिक जर्नलमा प्रकाशित एक अध्ययनले भारतीय मेगा सिटी मुम्बईको लागि खतराको घण्टी बजाएको छ । अध्ययनले तटीय सहर मुम्बई समुन्द्र मा डुबिरहेको देखाएको छ ।  प्रति वर्ष २ मिलिलिटरको दर सानो देखिए पनि भविष्यमा बढ्दो बाढीबाट बच्न तत्काल समाधानको उपाय अपनाउनु पर्ने अध्ययन प्रतिवेदनले सुझाव दिएको छ ।

मुम्बई सहर डुब्नु भनेको जमिन कमीको घटनासँग जोडिएको बताइएको छ । युनिभर्सिटी अफ रोड आइल्याण्डका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनअनुसार चीनको तियान्जिन विश्वको सबैभन्दा छिटो डुब्ने सहर हो । उक्त सहर वर्षेनी ५ सेन्टिमिटरको दरले डुबिरहेको छ । सामान्यतया जमिनको कमीले सहर डुब्ने क्रम बढ्दो छ । जमिनको कमी भनेको पृथ्वीको ठाडो गति हो । भूमि झर्ने प्रक्रिया स्थायी र अपरिवर्तनीय छ । 

अध्ययनअनुसार इन्डोनेसियाको सिमराङ सहर प्रतिवर्ष ३ दशमलब ९६ सेन्टिमिटर र जाकर्ता ३ दशमलब ४४ सेन्टिभिटरका दरले डुबिरहेको छ । त्यस्तै, चिनियाँ सहर सांघाई २ दशमलब ९४ सेन्टिमिटरका दरले डुबिरहेको छ । त्यस्तैः भियतनामी सहर हो चि मिन्ह र हनोइ क्रमशः प्रतिवर्ष २ दशमलब ८१  पतिशत र २ दशमलब ४४ सेन्टिमिटरका दरले डुबिरहेको छ । अध्ययन जियोफिजिकल रिसर्च लेटर्स जर्नलमा प्रकाशित छ । 





  • प्रकाशित मिति : असार १, २०७९ बुधबार १४:२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया