टी–२० च्याम्पियनसिपमा भुटानमाथि नेपालको फराकिलो जित

नेपालले एसिसी महिला टी–२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ  । नेपालले आज सम्पन्न आफ्नो पहिलो खेलमा भुटानलाई ५० रनले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

भुटानले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । पहिलो खेलमा नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७.५ ओभरमा सबै विकेट गुमाउँदै ४४ रन मात्र बनाउन सक्यो । 

उसका लागि छिरिङ जाङ्मोले १६ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि संगिता राईले चार, कविता कुँवर, सीता राना मगरले दुई÷दुई तथा अस्मिना कर्मचार्य र इन्दु वर्माले एक/एक विकेट लिए । 

त्यसअघि मलेसियाको यूकेएम क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले  निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९५ रन बनाएको थियो । नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६, कप्तान रुबिना क्षेत्रीले २१ र इन्दु बर्माले २० रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भुटानका लागि सोनम पाल्डनले चार तथा अञ्जु गुरुङ र टासी चेकीले एक/एक विकेट लिँदा तीन विकेट रन आउटका रुपमा प्राप्त भयो । जितसँगै समूह ‘बी’ को नेपालले दुई अंक जोडेको छ । आफ्नो दोस्रो खेलमा शनिबार नेपालले कुवेत तथा भुटानले हङकङको सामना गर्नेछन् । 





  • प्रकाशित मिति : असार ३, २०७९ शुक्रबार ११:४३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया