एमालेको अडानले सुरु हुन सकेन हेटौंडाको नगरसभा

आज बिहान १० बजे हुने भनिएको हेटौंडा उपमहानगरपालिकाको नगरसभा तथा ११ अधिवेशन अझै सुरु हुन सकेको छैन । बहुमतमा रहेको नेकपा एमालेका कार्यपालिका सदस्यहरूले सभा सञ्चालन गर्न नदिने अडान राखेर सभा कक्षमा प्रवेश नगरेपछि सभा सुरु हुन नसकेको हो । 

आफ्ना माग पूरा नभए सभा चल्न नदिने एमालेका एक कार्यपालिका सदस्यले बताए । हाल सभा हुने स्थलमा नगरपालिकाका कर्मचारी, सत्ता गठबन्धनका जनप्रतिनिधिहरू रहेका छन् भने सभा बाहिरको छुट्टै स्टलमा एमालेका कार्यपालिका सदस्य तथा अन्य जनप्रतिनिधि रहेका छन् । 

आफ्ना माग सम्बोधन नभए नगरसभा हुन नदिने अडान एमाले पक्षको छ । यद्यपि छलफल गरेर कुरा टुंग्याउने गठबन्धनका नेताहरूले बताएका छन् । कसरी विवाद टुंगो लगाउने भन्दै जिल्लाका शीर्ष पार्टी नेताहरू हेटौंडा–१ को मोटल एभोकाडोमा छ्लफलमा रहेको स्रोतले बताएको छ । 





  • प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार १२:३७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया