थाहा नगरपालिकाले ल्यायो १ अर्ब ८ करोड बराबरको बजेट [पूर्ण पाठसहित]

मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम तथा बजेट सार्वजनीक गरेको छ । सम्पन्न ११ औँ नगरसभामा थाहा नगरपालिकाका उपमेयर भरत गोपालीले आगामी आर्थिक वर्षका लागि कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकता दिँदै १ अर्ब ८ करोड ८४ लाख ७ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

उपमेयर गोपालीले आर्थिक वर्ष २०७९/०८० का लागि आन्तरिक स्रोत १९ करोड ७९ लाख ५ हजार, राजश्व बाँडफाँड १९ करोड ६८ लाख ८० हजार, संघीय सरकारबाट प्राप्त १७ करोड १६ लाख, प्रदेश सरकारबाट प्राप्त ५ करोड ५ लाख ८२ हजार, सशर्त अनुदान ३२ करोड १४ लाख ४० हजार र सामाजिक सुरक्षा १५ करोडको बजेट बाँडफाँड सहित बजेट पेश गरेका थिए । 

पेस गरेको बजेट मध्ये चालु खर्च तर्फ ९ करोड ९७ लाख ५४ हजार, पुँजीगत तर्फ ५१ करोड ७२ लाख १३ हजार, सशर्त तर्फ ३२ करोड १४ लाख ४० हजार, सामाजिक सुरक्षा तर्फ १५ करोड खर्च हुने अनुमान रहेको छ । उपमेयर गोपालीले पेश गरेको उक्त नीति, कार्यक्रम तथा बजेट आजकै नगरसभाले छलफल गरेर पारित गरेको छ । 





  • प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार १४:४७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया