खराब माैसमका कारण कर्णालीको हवाई उडान प्रभावित
फाइल तस्बिर

मौसममा आएको खराबीका कारण कर्णालीकाे हवाई उडान प्रभावित भएको छ । माैसम बदलिकै कारण मंगलबार काठमाडौंबाट सुर्खेतमा हुने हवाई उडानहरू रद्द भएका छन् भने सुर्खेतबाट हुम्ला, डोल्पामा हुने हवाई उडान तीन दिनदेखि बन्द छ । 

सडक सञ्जाले नजोडिएकाे जिल्ला डोल्पा र हुम्लामा हवाई उडान नहुँदा यात्रुहरू समस्यामा परेका छन् । नेपालगञ्ज र सुर्खेत आउने र जानेहरू एयरपोर्टमै बस्न बाध्य भएकाे डोल्पाका सदरमुकाम दुनैका रामबहादुर बुढाले बताए ।

‘सडक सञ्जालसँग नजोडिएको हवाइ मार्गमार्फत यात्रा गर्दै आएका थियौं ।’ उनले भने, ‘तीन दिनदेखि हवाई उडान नहुँदा सास्ती भोग्नु परेको छ ।’

मंगलबार बिहानदेखि कर्णालीमा भारी वर्षा सुरु भएका कारण काठमाडौंबाट सुर्खेत उडान भर्न लागेको बुद्ध एयर जहाज काठमाडौंमा डिले भएको छ । 





  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार १३:२८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया