विम्बल्डन टेनिसको पहिलाे चरणबाटै बाहिरिइन् सेरेना विलियम्स

पूर्व विश्व नम्बर एक अमेरिकी खेलाडी सेरेना विलियम्स विम्बल्डन टेनिस प्रतियाेगिताको पहिलो खेलमै पराजित भएकी छिन् । उनी गएराति भएको महिलातर्फ पहिलो चरणअन्तर्गतको खेलमा फ्रेन्च खेलाडी हार्मोनी टानसँग ३-१ को सेटमा पराजित भएकी हुन्।

सेन्टर कोर्टमा टानले ७-५, १-६ र ७-६ (१०-७) ले खेल आफ्नो पक्षमा पारिन् । अब टानले दोस्रो चरणमा स्पेनिस सारा टोर्मोसँग खेल्ने छिन् ।

चाेटका कारण लामाे समय काेर्ट बाहिर रहेकी  ४० वर्षीया विलियम्स करिब एक वर्षपछि खेलमा फर्किएकी हुन् ।





  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार ९:११:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया