गुणस्तरहीन सामग्री बिक्री गरेको पाइएपछि भाटभटेनी सुपरमार्केटलाई २० हजार जरिवाना

जिल्ला प्रशासन कार्यालय ललितपुरले सातदोबाटोस्थित भाटभटेनी सुपरमार्केटलाई २० हजार जरिवाना गरेको छ । गुणस्तरहीन र मूल्य स्टिकर नटाँसिएका खाद्य सामग्री बिक्री गरेको भन्दै प्रशासनले भाटभटेनीलाई २० लाख जरिवाना गरेको हो । 

१७ असारमा अनुगमन गर्दा मिति नाघेको रिलायन्स घ्यू ६ डिब्बा र जुनार एक प्याकेटमा मिति उल्लेख नभएको पाइएपछि कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरि पन्तले जानकारी दिए ।

उनले भने, ‘मिति उल्लेख नभएका, अखाद्य रिलायन्स घ्यू र जुनार एक पाकेट विक्री भएको पाइएपछि जफत गरेका छौँ,’ पन्तले भने, ‘ सातदोबाटोको भाटभटेनीलाई २० हजार जरिवाना गरेका छौँ ।’ 

अहिले काठमाडौं र ललितपुरका कही स्थानमा हैजा फैलिएको छ । खाद्यसामग्री कै कारण हैजा फैलिएपछि प्रशासन कार्यालयले डिपार्टमेन्टमा राखिएका ग्रोसरीहरु अनुगमन गरेको हो । पानीका जार, खाद्य सामग्री अनुगमन गरेको हो ।  





  • प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार १३:३९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया