logo-img

माधवकुमार नेपाल र नवनियुक्त भारतीय राजदूतबीच शिष्टाचार भेट

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवबीच शनिबार साँझ शिष्टाचार भेट भएको छ । 

राजदूत श्रीवास्तवले नेपालनिवास कोटेश्वरमा पुुगेर नेपाललाई भेटेका हुन् । सो भेटमा दुई देशबीचको सम्बन्ध र समसामयिक विषयमा छलफल भएको बताइएको छ।

भेटबारे फेसबुकमा सार्वजनिक गर्दै अध्यक्ष नेपालले लेखेका छन्, ‘उहाँलाई नेपालमा स्वागत गर्दै उहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरियो ।’ भेटमा नेपाल भारत सम्बन्ध र अहिले हाम्रो समाजमा भोगिरहेका समस्याका विविध विषयमा कुराकानी भएको उनले बताएक छन् । 

राजदूत श्रीवास्तवले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका थिए । उनले सोही दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए। 

उनले शुक्रबार परराष्ट्रमन्त्री डा. नारायण खड्का र परराष्ट्र सचिव भरतराज पौड्यालसँग पनि शिष्टाचार भेट गरेका थिए।





  • प्रकाशित मिति : असार १८, २०७९ शनिबार २१:७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया