लोसपालाई चुनावी सहकार्यका लागि कांग्रेस एमाले दुवैको प्रस्ताव, के गर्लान् ठाकुर ?

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले आगामी निर्वाचनमा कुन पार्टीसँग सहकार्य कार्य गर्ने भन्नेबारे पार्टीका नेताहरुसँग छलफल अघि बढाएका छन् । शनिबार बसेको लोसपाको कार्यकारिणी समितिको बैठकमा नेपाली कांग्रेस र एमाले दुवै पार्टीबाट प्रस्ताव आएको जानकारी गराएका थिए । 

लोसपाले उठाएका माग सम्बोधन गर्न प्रधानमन्त्री शेरहादुर देउवा सकारात्मक रहेको र सरकारमा समेत सहकार्य गर्न प्रस्ताव गरेको ठाकुरको भनाइ थियो । उनले कुन दलसँग सहकार्य गर्दा पार्टीलाई अधिकतम फाइदा हुन्छ भनी पार्टी कार्यकारिणी सदस्यहरूसँग राय सल्लाहसमेत मागेका थिए । 

लोसपाका अर्को बैठक आइतबार पनि बस्ने र सो बैठकमा आगामी निर्वाचनमा सहकार्य गर्ने विषयमा कार्यकारिणी सदस्यहरूले राय सल्लाह दिने कार्यक्रम रहेको कार्यकारिणी सदस्य केशव झाले बताए । 

बैठकमा निर्वाचन आयोगमा बुझाइएको विधानलाई संशोधन गर्नुपर्ने आवश्यकताबारे कार्यकारिणी सदस्यहरूले धारणा राखेका थिए । जनता समाजवादी पार्टीको दुवै पक्षले पार्टी एकताका लागि लोसपासँग प्रस्ताव राखे पनि सो विषयमा भने आज छलफल भएन । 





  • प्रकाशित मिति : असार १८, २०७९ शनिबार २२:१४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया