बैतडीको न्वादेउ स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग

भारत सरकारले बैतडीको न्वादेउ स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरेको छ। नेपालमा रहेको भारतीय राजदूतावासले आइतबार जिल्लाको पुर्चौडी नगरपालिका वडा नं ३ स्थित आधारभूत स्वास्थ्य चौकी न्वादेउलाइ एम्बुलेन्स प्रदान गरेको स्वास्थ्यचौकीका अहेब रोहितकुमार  धानुकले जानकारी  दिए ।

वडाअध्यक्ष खगेन्द्र बोहरा र आफूले आइतबार एम्बुलेन्स बुझेको उनले बताए । स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्राप्त भएसँगै अब बिरामीलाई अस्पतालसम्म लैजान सहज हुने भएको छ ।

नगरपालिका एम्बुलेन्सविहीन रहेकाबेला नेपालमा रहेको भारतीय राजदूतावासबाट एम्बुलेन्स उपलब्ध भएपछि स्थानीयको उपचारमा सहज हुने वडा नं  ३ का वडाध्यक्ष खगेन्द्र बहादुर बोहराको बताए । पुर्चौडी नगरपालिकाको एम्बुलेन्स दुर्घटनामा परेर  बिग्रिएको भए पनि हालसम्म मर्मत गरिएको छैन ।

नेपालका विभिन्न जिल्लालामा अवस्थित विशेषगरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरूलाई एम्बुलेन्स र बस उपलब्ध गराएको भारतीय राजदूतावासले बैतडीको न्वादेउ स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग गरेको  हो ।





  • प्रकाशित मिति : असार २०, २०७९ साेमबार २१:२४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया