चीनको सियान सहरमा कोरोना बढ्यो, फेरि लकडाउन

कोभिडको ओमिक्रोन सवभेरियन्टबाट जोगिन चीनको पुरानो सहर सियानका केही भागमा फेरि लकडाउन गरिएको छ । १ करोड ३० लाख जनसंख्या भएको सियानका व्यापारिक गृह, विद्यालय र रेस्टुरेन्ट एक साताका लागि बन्द हुने भएका  हुन् । शनिबारदेखि सहरमा १८ ओटा नयाँ केस भेटिएका थिए । 

आधिकारिक सूचनाअनुसार द्रुत रूपमा फैलिरहेको ओमिक्रोन सबभेरियन्टका कारण कोभिड संक्रमण बढेको हो । यो भेरियन्ट यसअघि अमेरिका र बेलायतमा देखिएको थियो ।

सियानमा सात दिन अस्थायी नियन्त्रणको विधि लागू गरिएको उक्त सहरका अधिकार झाङ सिउदोङले जानकारी दिए । उक्त कदमले ‘समाजलाई सकेसम्म शान्त हुन, गतिशीलता कम गर्न र क्रस–संक्रमणको जोखिम घटाउन अनुमति दिने’ बताइएको छ । 

सरकारको सूचनाअनुसार, पब, क्याफे र बारलगायतका सार्वजनिक मनोरञ्जन स्थल बन्द हुनेछन् । 
   





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार ८:३९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया