दोस्रो एकदिवसीयमा क्यानडाको सामना गर्दै नेपाल

नेपालले आज एकदिवसीय सिरिजको दोस्रो तथा अन्तिम खेलमा घरेलु टोली क्यानडाको सामना गर्दैछ । खेल किङ्ग सिटीस्थित मेपल लिफ मैदानमा नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ  

दुवै टोली आज जित निकाल्दै सिरिजमाथि कब्जा जमाउन चाहन्छन् । सिरिजको पहिलो खेल लगातारको वर्षाका कारण टस समेत हुन नपाई रद्द भएको थियो । 

नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डमा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजअघि क्यानडा भ्रमण गरिरहेको हो । यसअघि नेपालले क्यानडाको स्थानीय क्लब ओन्टारियो क्रिकेट एकेडेमीसँग दुई अभ्यास खेल खेलेको थियो । 

दुवै खेल नेपालले आफ्नो पक्षमा पार्‍यो । क्यानडासँगको खेलपछि नेपाल लिग–२ अन्तर्गतको सिरिजका लागि स्कटल्याण्ड प्रस्थान गर्नेछ । घरेलु टोली र नामिबिया पनि सम्मिलित सिरिज जुलाई १० देखि १७ सम्म हुनेछ ।  





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार ८:३९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया