अर्थमन्त्रीको नियत खराब छ भन्ने प्रष्ट छ : योगेश भट्टराई
फाइल तस्वीर

नेकपा एमालेका सांसद योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माको नियत खराब भएको प्रष्ट भएको भन्दै उनीमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने बताएका छन् ।

बुधबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै अर्थमन्त्री शर्मामाथि छानबिन गर्नका लागि सर्वदलीय  संसदीय छानबिन समिति बनाउनुपर्ने बताएका हुन् ।

उनले भने 'घटनाका सम्बन्धनमा संसदीय छानबिन समिति हुनुपर्छ । किनभने पछिल्ला दिनमा सरकारी सूचनासमेत गायब बनाइएको छ । सिसिटिभी फुटेज मेटाइएको छ । त्यसैले अर्थमन्त्रीको नियत खराब छ भन्ने कुरा प्रष्ट देखिन्छ । उहाँले अपराध गर्नुभएको छ भन्ने कुरा प्रष्ट देखिन्छ । उहाँमाथि नै छानबिन गर्नका लागि एउटा सर्वदलीय  संसदीय छानबिन समिति बनाउनुपर्छ ।'

अन्य दलहरूले पनि अर्थमन्त्री शर्माको कदमलाई गम्भीर नैतिक प्रश्नका रूपमा उठाएको उनको भनाइ छ ।  सबै परिस्थितिमा हेर्दा अर्थमन्त्री शर्माले ठूलो राष्ट्र घात गरेको देखिएको भन्दै उनी पदमा बस्न मिल्दैन बताए । उनले यस विषयमा नेकपा एमालेले पटक पटक ध्यानाकर्षण गराउँदै आएको पनि बताए ।





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार १५:४४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया