सन्दीपले जमैका तल्लावाजबाट सिपिएल खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले जमैका तल्लावाजबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने भएका छन् ।

आगामी ३० अगस्ट देखि ३० सेप्टेम्बरसम्म हुने प्रतियोगिताका लागि तल्लावाजले सन्दीपलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।

सन्दीपले २०२० मा पनि जमैका तल्लावाजबाटै सिपिएल खेलेका थिए । उनले यसअघि सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्स तथा बार्बाडोस ट्रिडेन्ट्स पनि सिपिएल खेलिसकेका छन् ।

जमैकाले पाँच विदेशी खेलाडीको कोटामा पाँचजनालाई ड्राफ्टअगाडि  नै अनुबन्ध गरेको हो ।

जमैकामा विदेशी खेलाडीको कोटामा सन्दीपसँगै पाकिस्तानका मोहम्मद अमिर र इमाद वासिम, अस्ट्रेलियाका क्रिस ग्रिन तथा दक्षिण अफ्रिकाका मिगाली पिटोरियस् छन् ।

मंगलबार मात्रै सन्दीपले श्रीलंकाको फ्रेन्चाइज लिग लंका प्रिमियर (एलपिएल) खेल्ने पक्का भएको थियो ।





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार १८:५६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया