श्रीलंका संकट : प्रधानमन्त्री निवासमा पनि छिरे प्रदर्शनकारी, रनिल राजीनामा दिन सहमत

श्रीलंकाको राजधानी कोलम्बोमा हजारौँ प्रदर्शनकारीहरू राष्ट्रपति गोटाबय राजपक्ष, प्रधानमन्त्री रनिल विक्रमासिङ्ग सहितका सरकारी निवास र त्यस आसपासका भवनहरूमा प्रवेश गरेका छन् ।

हजारौँ आक्रोशित प्रदर्शनकारीले आफ्नो निवास कब्जा गरेपछि श्रीलंकाका राष्ट्रपति राजापाक्ष सुरक्षित स्थानतर्फ प्रस्थान गरेको जनाइएको छ । राष्ट्रपति निवासको सुरक्षा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै राजधानीका विभिन्न भागमा निषेधाज्ञा जारी गरेको छ । 

राष्ट्रपति गोटावाया राजापाक्षले मुलुकको संकट समाधान गर्न नसकेकाले पदमा बसिरहन नमिल्ने भन्दै उनको राजीनामाको माग गर्दै शनिबार विरोध प्रदर्शन गरेका हुन् । उनले आर्थिक संकट, इन्धनको अभाव, मूल्य वृद्धि न्यूनिकरण गर्न नसकेकोले पदमा बसिरहनुको औचित्य नरहेको प्रदर्शनकारीको भनाइ छ । 

आफ्नो जिम्मेवारीमा असफल भएकाले उनले तत्काल राजीनामा दिनुपर्ने प्रदर्शनकारीले माग गरेका छन् । उनले राजीनामा दिएमा अर्को व्यक्तिले संकटको समाधान गर्ने उनीहरुको विश्वास छ । 

प्रदर्शनकारीहरू प्रधानमन्त्रीको सरकारी निवासमा समेत प्रवेश गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसैबीच सर्वदलीय सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री रनिल विक्रमासिङ्ग सहमत भएका छन् । आज बसेको आकस्मिक बैठकमा प्रधानमन्त्री विक्रमासिङ्गे राजीनामा गर्न सहमत भएको उनको कार्यालयले जनाएको छ । 

श्रीलंकामा आर्थिक संकटसँगै राजनीतिक संकट पनि उत्पन्न भएको छ । आर्थिक संकटका कारण रुष्ट आम नागरिकको विरोधका कारण तत्कालीन प्रधानमन्त्री महेन्दा राजापाक्षले पनि राजीनामा दिन बाध्य परेका थिए ।





  • प्रकाशित मिति : असार २५, २०७९ शनिबार १९:३२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया