logo-img

चण्डिमलको दोहोरो शतकमा अस्ट्रेलियाविरुद्ध बलियो अवस्थामा श्रीलंका

दिनेश चण्डिमलले दोहोरो शतक बनाएपछि अस्ट्रेलियाविरुद्धको टेस्ट सिरिजअन्तर्गत दोस्रो खेलमा घरेलु टोली श्रीलंका बलियो अवस्थामा पुगेको छ । 

दोस्रो टेस्टको पहिलो पारीमा श्रीलंकाले सबै विकेट गुमाएर ५५४ रन बनाउँदा ३२६ बलको सामना गरेका चण्डिमल १६ चौका र पाँच छक्कासहित २०६ रनमा अविजित रहे । टेस्टमा उनको यो पहिलो दोहोरो शतक हो ।

त्यस्तै, कप्तान दिमुथ करुणारत्नेले ८६, कुशल मेण्डिसले ८५, कमिन्दु मेण्डिसले ६१ र एन्गोलो म्याथ्युजले ५२ रनको योगदान दिँदा श्रीलंकाले पहिलो पारीमा १९० रनको अग्रता लियो । 

अस्ट्रेलियाका लागि मिचेल स्टार्कले चार, मिचेल स्विपसनले तीन, नाथन लायोनले दुई र कप्तान प्याट कमिन्सले एक विकेट हात पारे । यसअघि गले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले पहिलो पारीमा सबै विकेट गुमाउँदै ३६४ रन बनाएको थियो । 

उसका लागि स्टिभ स्मिथले २७२ बलमा १६ चौकासहित अविजित १४५ र मार्नुस लाबुसेनले १५६ बलमा १२ चौकासहित १०४ रनको योगदान दिए । उस्मान ख्वाजले ३७ र एलेक्स केरीले २८ रन जोडे ।

श्रीलंकका लागि प्रबात जयसूर्याले ६, कसुन रजिथ दुई तथा रमेश मेण्डिस र मेहेश थिक्सणाले एक/एक विकेट हात पारे । यो समाचार तयार पार्दासम्म अस्ट्रेलिया दोस्रो पारीमा विकेट नगुमाइ १० रन बनाएर खेलिरहेको छ ।  





  • प्रकाशित मिति : असार २७, २०७९ साेमबार १४:१५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया