एमाले अनुपस्थित हुँदा सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

सुदूरपश्चिम प्रदेश सकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि छलफल गर्न बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित भएको छ । 

सरकारले बजेट प्रस्तुत गरेको २७ दिनपछि बजेटमाथि छलफल गर्न प्रदेशसभा बैठक आह्वान गरिए पनि प्रतिपक्ष दल एमाले नआएपछि सभामुख अर्जुनबहादुर थापाले बैठक स्थगित गरेका छन् । 

प्रदेशसभा बैठक सुरु भए लगत्तै सभामुख थापाले प्रतिपक्षको अनुपस्थिति रहेको कारण देखाउँदै बैठक स्थगित गरेका हुन् । उनले अर्को बैठक मंगलबार बिहान ११ बजेका लागि आह्वान गरेका छन् ।  





  • प्रकाशित मिति : असार २७, २०७९ साेमबार १५:५७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया