ओलीलाई भेट्न बालकोट पुगे बालेन, पाए तबला उपहार

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । उनले बुधबार साँझ बालकोट पुगेर ओलीसँग भेट गरेका हुन् । भेटमा ओलीले बालेनलाई तबला उपहार दिएका छन् । 

भेटघाटपछि पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले बालेनलाई तबला उपहार दिएको एमाले नेता कर्णबहादुर थापाले जनाएका छन् । साथै, भेटमा ओली र बालेनबीच काठमाडौं महानगरको समग्र विकासका बारेमा छलफल भएको बताइएको छ ।

यसअघि बालेन महानगरमा आफ्नो जित सुनिश्चित भएपछि ओलीलाई भेट्न बालकोट पुगेका थिए ।  





  • प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार ७:४१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया