श्रीलंकाका कार्यवाहक राष्ट्रपतिले तत्काल खाना र इन्धन राहत कार्यक्रम लागू गर्ने

श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले आर्थिक संकटका कारण संघर्ष गरिरहेका नागरिकलाई इन्धन, ग्यास र अत्यावश्यक खाद्यान्न उपलब्ध गराउन तत्काल राहत कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेका छन् ।

जुलाई १६ गते मन्त्री तथा सांसदहरुसँगको छलफलपछि विक्रमासिंघेले यस्तो निर्णय लिएका हुन् । यसका लागि यही अगस्टमा पेस हुने राहत बजेटबाट थप रकम खर्च गर्ने निर्णय गरिएको हो ।

कार्यवाहक राष्ट्रपतिले खाद्य सुरक्षा कार्यक्रमको कार्यान्वयनलाई तीव्रता दिन सुझाव दिएका छन् । त्यस्तै, इन्धन र मल नियमित र छिटो उपलब्ध गराउन सुझाव दिइएको छ ।

छलफलका क्रममा विक्रमासिंघेले शान्तिपूर्ण आन्दोलनकारीले हस्तान्तरण गरेको योजनालाई सकरात्मक रूपमा लिइएको बताए ।
 





  • प्रकाशित मिति : साउन १, २०७९ आइतबार ७:१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया