दाहालको भ्रमण दुई प्रमुख राजनीतिक दलबीचको सम्बन्धमा कोसेढुंगा : भाजपा

माओवादी अध्यक्ष पुष्पकमल दाहालको भ्रमणबारे भारतको सत्तारुढ दल भारतीय जनता पार्टीले सकारात्मक प्रतिक्रिया दिएको छ । भाजपाले सो भ्रमणले दुई प्रमुख राजनीतिक दलबीचको सम्बन्धमा कोसेढुंगा साबित हुने जनाएको छ ।

भाजपाले एक प्रेस नोट जारी गर्दै दाहालको भ्रमणले दुई देश र समाजबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेको छ । भाजपा अध्यक्ष जेपी नड्डाले भाजपा र माओवादी केन्द्रबीच गहिरो सम्बन्धलाई धेरै तहमा प्रवर्द्धन गर्न तयार रहेको बताएका छन् । 

दाहालसँगको भेटमा पार्टी अध्यक्ष नड्डाले नेपाल सधैं भारतको ‘पहिलो छिमेकी’ नीतिको केन्द्रमा रहने बताएका थिए । भारत भ्रमणमा रहँदा अध्यक्ष दाहाललाई भाजपा कार्यालय र यसको कार्य सञ्चालन विधिबारे जानकारी गराइएको थियो । 

भाजपा कार्यालयमा दाहालले दुवै पार्टीको विचार फरक भए पनि विपन्न वर्गको उत्थान गर्ने उद्देश्य साझा रहेको बताए । उनले भूकम्प र कोभिड महामारीका बेला नेपाललाई सहयोग गरेकोमा भारतलाई धन्यवादसमेत दिएका थिए ।

भाजपाले प्रचण्डको भ्रमणले दुई छिमेकीबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको बताएको थियो । भाजपा अध्यक्ष नड्डाले माओवादी केन्द्रका युवा नेताहरूको प्रतिनिधिमण्डललाई भारतमा छिट्टै स्वागत गरिने बताएका छन् ।





  • प्रकाशित मिति : साउन १, २०७९ आइतबार २१:४७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया