धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लोक सेवा आयोगको परीक्षा र अन्तर्वार्ताको पनि प्रत्यक्ष प्रसारण हुनुपर्ने बताएका छन्।
मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले परीक्षार्थीमा विश्वसनीयतामाथि आशंका हुने भएकाले परीक्षा र अन्तर्वार्ता लाइभ गर्नुपर्ने बताएका हुन् ।
‘लोक सेवा आयोगको परीक्षा र अन्तर्वार्ता पनि लाइभ हुनुपर्छ । नत्र विश्वास नहुने देखिन्छ,’ साम्पाङले लेखेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।