काठमाडौं महानगरले किन्यो तीन दमकल

काठमाडौं महानगरपालिकाले दमकल खरिद गरेको छ । महानगरपालिकाले तीनवटा दमकल खरिद गरेको हो । 

यी दमकल यसअघिका मेयर विद्यासुन्दर शाक्यकै पालामा खरिद प्रक्रियामा गएको थियो । पहिले नै अघि बढेको योजनाअनुसार तीन दमकल महानगर आइपुगेको मेयर बालेन्द्र शाह (बालेन) ले जनाएका छन् ।

आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिवद्ध रहेको पनि उनले उल्लेख गरेका छन् । 

‘महानगरले आगलागीको रोकथाम र क्षति कम गर्न पहिलेदेखि कार्यहरू गर्दै आएको छ । सोही अनुरूप पूर्वमेयर विद्यासुन्दर शाक्यकै पालामा भएको दमकल खरिद प्रक्रियाअन्तर्गत ३ दमकलहरू महानगरमा आइपुगेका छन्,’ बालेनले फेसबुकमार्फत भनेका छन्, ‘दमकलहरूको वैज्ञानिकतवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध छ ।’  





  • प्रकाशित मिति : साउन ३, २०७९ मंगलबार ११:५२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया