बेलायतको प्रधानमन्त्री दौडमा भारतीयमूलका सुनकको अग्रता कायमै

बेलायतका पूर्वअर्थमन्त्री ऋषि सुनकले सोमबार बेलायतको प्रधानमन्त्री बन्ने दौडमा आफ्नो अर्को अग्रता कायम राखेका छन् । कन्जरभेटिभ पार्टी नेताका लागि भएको तेस्रो चरणको मतदानमा उनले आफ्नो अग्रता कायमै राखेका हुन् । 

सोमबार भएको कन्जरभेटिभ सांसदको तेस्रो चरणको मतदानमा भारतीयमूलका सुनकले ११५ मत पाएका छन् भने पूर्व रक्षामन्त्री पेनी मोर्डन्टले ८२ र विदेशमन्त्री लिज ट्रसले ७१ मत प्राप्त गरेका छन् । 

यसअघि प्रधानमन्त्री जोनसनले दलको नेताबाट राजीनामा दिए पनि अगस्टपछि मात्र प्रधानमन्त्रीबाट राजीनामा दिने बताएका थिए । नयाँ प्रधानमन्त्री ५ सेप्टेम्बरमा घोषण हुने कार्यक्रम छ ।  





  • प्रकाशित मिति : साउन ३, २०७९ मंगलबार १२:२८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया