अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने सिमन्सको घोषणा

वेस्ट इण्डिजका ब्याटर लेन्डल सिमन्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । ३७ वर्षीय उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका हुन् ।

सिमन्सले फ्रेन्चाइच क्रिकेटमा केन्द्रित रहन १६ बर्से अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास लिएको बताएका छन् । उनले वेस्ट इण्डिजका लागि आठ टेस्ट, समान ६८ एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय खेल खेलका छन् ।

सन् २००९ मा इंल्याण्डविरुद्धको खेलबाट टेस्टमा डेब्यु गरेको उनले सन् २०११ मा बंगलादेशविरुद्ध अन्तिम टेस्ट खेलेका थिए । उनले यो शैलीका २७८ रन बनाउनका साथै एक विकेट हात पारेका छन् । 

सिमन्सले सन् २००६ मा पाकिस्तानविरुद्ध पहिलो तथा सन् २०१५ मा न्युजिल्याण्डविरुद्ध अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए । यो शैलीमा उनले १६ अर्धशतकसहित १,९५८ रन बनाउनुका साथै एक विकेट हात परे । 

सन् २००७ मा इंग्ल्याण्डविरुद्धको खेलमार्फत टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका उनले सन् २०२१ मा दक्षिण अफ्रिकाविरुद्ध अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए । सिमोन्सले यो शैलीमा ६ अर्धशतकसहित १,५२७ रन बनाउँदा ६ विकेट हात पारेका छन् । 





  • प्रकाशित मिति : साउन ३, २०७९ मंगलबार १२:३२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया