नेपाल प्रहरीका ४ सय २ लेखापालको सरुवा, को कहाँ पुगे ?

नेपाल प्रहरीको मानवस्रोत विकास विभागले मंगलबार ४ सय २ जना लेखापालहरूको सरुवा गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा इन्स्पेक्टर दिपेन्द्र भट्ट, सिआइबीमा इन्स्पेक्टर राजेश पन्थी र प्रहरी अस्पताल महाराजगञ्जमा इन्स्पेक्टर सुरेन्द्र केसीलाई सरुवा गरिएको छ । 

उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा इन्स्पेक्टर कल्पना सापकोटाको सरुवा भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरमा वरिष्ठ सई नारायण तामाङ र जिल्ला प्रहरी परिसर काठमाडौंमा वरिष्ठ सई विष्णु थापालाई सरुवा गरिएको छ ।

सई निरु सुवेदीको जिल्ला प्रहरी परिसर ललितपुरको लेखापालमा सरुवा भएको छ ।  





  • प्रकाशित मिति : साउन ३, २०७९ मंगलबार २१:४६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया