संसदीय विशेष छानबिन समितिले पूर्वअर्थमन्त्री शर्मासँग बिहीबार सोधपुछ गर्ने

संसदीय छानबिन विशेष समितिले बिहीबार निवर्तमान अर्थमन्त्री शर्मालाई बोलाएर छलफल गर्ने भएको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको बुधबार बसेको बैठकले सोधपुछको लागि निर्वतमान अर्थमन्त्री शर्मालाई बोलाउने भएको हो । 

समितिका सचिव सुरेन्द्र अर्यालले आजको बैठकमा अर्थमन्त्री, अर्थ मन्त्रालयभित्र अनाधिकृत घुसपैठसम्बन्धी समाचार लेख्ने अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत दुई पत्रकार सुरेन्द्र काफ्ले र ममता थापासँग सोधपुछ गरेको बताए । 

सचिव अर्यालले भने,‘संसदीय छानबिन समितिले बिहीबार निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर छलफल गर्ने भएको छ । संसदले दिएको १० दिनको समय अवधि पनि सकिँदै छ । समितिको म्याद थपको सन्दर्भमा छलफल भएको छ । तर, समितिले निर्णय भने गरेको छैन ।’

सचिव अर्यालले छानबिनका लागि संसदले दिएको १० दिन समय नपुग्ने भन्दै म्याद थपको विषयमा छलफल भएको बताए । समितिको म्याद थप गर्ने विषयमा छलफल भए पनि दिन किटान नगरिएको उनले बताए । 

समितिले म्याद थपको विषयमा छलफल मात्रै भएको भनिए पनि ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने संकेत गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समितिलाई छानबिनका लागि दिएको १० दिनको समय अब दुई दिन मात्रै बाँकी रहेको छ । 
 





  • प्रकाशित मिति : साउन ४, २०७९ बुधबार १९:१२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया