समाज कल्याण परिषद्ले १० महिनामा गैरसरकारी संस्था (एनजिओ) को साढे २६ अर्ब रुपैयाँभन्दा बढी बजेट स्वीकृत गरेको छ ।
गत आर्थिक वर्ष २०७८/७९ को पहिलो १० महिना अर्थात २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा परिषद् एनजिओहरूको उक्त बजेट स्वीकृत गरेको हो ।
परिषद्का अनुसार १० महिनामा स्वीकृत भएको कूल बजेट २६ अर्ब ६७ करोड ४४ हजार ५८३ रुपैयाँ रहेको छ । यो रकममध्ये एनजिओहरूले २६ खर्ब १२ करोड ३० लाख ४० हजार १८६ रुपैयाँ बाह्य दाताबाट प्राप्त गर्नेछन् ।
बाँकी ५४ करोड ७० लाख ४ हजार ३९७ रुपैयाँ भने एनजिओहरूले आन्तरिक रूपमा व्यवस्थापन गर्ने परिषद्ले जनाएको छ । १० महिनाको अवधिमा परिषद्ले विभिन्न एनजीओका १ हजार १५५ वटा प्रोजेक्टहरूलाई स्वीकृति प्रदान गरेको छ, जहाँ उक्त रकम खर्च गरिने छ ।
एनजिओका कार्यक्रम देशका ७७ वटै जिल्लामा रहेका छन् । स्वीकृत भएको बजेट केही एक वर्षको लागि र केही पाँच बर्से कार्यक्रमको लागि रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।