प्रधानमन्त्री देउवा आज हेटौंडा आउँदै
फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज शुक्रबार बागमती प्रदेशको राजधानी हेटौंडा आउने भएका छन् । देउवा नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्न आज हेटौंडा आउन लागेका हुन् ।

उद्घाटन कार्यक्रममा देउवासँगै कांग्रेस उपसभापति द्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सह महामन्त्री महालक्ष्मी उपाध्याय डिनालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आज उद्घाटन सत्र र भोलि  शनिबार निर्वाचन हुने प्रेस युनियनको राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको युनियनले जनाएको छ ।

आज मकवानपुर उद्योग वाणिज्य संघ अगाडिबाट प्रभात फेरी गर्दै कार्यक्रम स्थल रोयल पार्टी प्यालेसमा महाधिवेशन कार्यक्रम सुरु हुने बताइएको छ । महाधिवेशनमा संघीय संरचना अनुरूप विधान संशोधनसहित निर्वाचन कार्यक्रम रहेको छ । महाधिवेशनमा देशभरबाट १६ सय भन्दा बढी प्रतिनिधिहरूको उपस्थिति रहने युनियनले जनाएको छ । 





  • प्रकाशित मिति : साउन ६, २०७९ शुक्रबार ७:१३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया