साफ यू-२० खेल्न भारत जाने नेपाली फुटबल टोलीको बिदाइ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतमा आगामी साताबाट सुरु हुने साफ यू–२०  च्याम्पियनसिपमा सहभागी हुने नेपाली युवा टोलीको बिदाइ गरेको छ । एन्फा मुख्यालय सातदोबाटोमा शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङलगायतका एन्फा पदाधिकारीले नेपाली टोलीको बिदाइ गरेका हुन् ।

नेपाली टोली आज दिउँसो भारत प्रस्थान गर्नेछ । एन्फाले सोमबार प्रतियोगिताका लागि २३ सदस्यीय टोली घोषणा गरेको थियो । दिपेश राई चोटका कारण बाहिरिएपछि उनको स्थानमा रोहित सुब्बालाई टोलीमा बोलाइएको छ । 

नेपाली टोलीको मुख्य प्रशिक्षक मेघराज केसी, व्यवस्थापक दिवाकर घले र कप्तान आयुष घलान छन् । भुवनेश्वरस्थित कलिंगा स्टेडियममा २५ जुलाईबाट ५ अगस्टसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहनेछ । 

नेपालले २५ जुलाईमा माल्दिभ्सविरुद्धको खेलबाट साफ यू–२० च्याम्पियनसिपको सुरुवात गर्नेछ । त्यसपछि नेपालले २७ जुलाई २७ मा श्रीलंका, ३१ जुलाईमा घरेलु टोली भारत र २ अगस्टमा बंगलादेशसँग खेल्नेछ । शीर्ष दुई टोलीले ५ अगस्टमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

नेपाली यू–२० राष्ट्रिय टोली  

गोलकिपरः  ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ शेख



डिफेन्डरः  अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा

मिडफिल्डरः  आयुष घलान, कृतिश रत्न छिन्जु, मनग्य नकर्मी, दिपेश गुरुङ, आशिष राई, जन्मजय धामी, मोहित गुरुङ, सुगम सुवाल, सन्दीप कार्की



फरवार्डः  रोहित सुब्बा, निरञ्जन मल्ल, रोहन खड्गी 

  • प्रकाशित मिति : साउन ६, २०७९ शुक्रबार १२:१५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया